Logo

कोरोना संक्रमणबाट मृत्यु भएका पूर्वमन्त्री पहाडी को हुन्



काठमाडौं, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो ।

नेपालगञ्जमा बस्दै आएका ७७ वर्षीय पहाडी विगतमा पटक पटक मन्त्री भएका थिए । उनले वन, भुमिसुधार र आपूर्तिमन्त्री बन्ने अवसर पाएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा डोल्पाबाट स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका उनले मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि पटक पटक मन्त्री बन्ने अवसर पाएका हुन् । संसदीय अंकगणितमा एउटा सांसदको पनि महत्व हुँदा पहाडी स्वतन्त्र सांसदका रुपमा प्रभावशाली भए । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा पहाडी पनि मन्त्री बनाइएका थिए ।



प्रतिक्रिया दिनुहोस्