Logo

कारोनाबाट साउथ कमेडियन पांडुको निधन, पत्नी आईसीयूमा



एजेन्सी, २३ बैशाख । नेपाल, भारत लगायत धेरै देशहरुमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ । महामारीबाट बलिउडका कलाकारहरु पनि अछ्तो हुन सकेका छैनन् । मनोरन्जन क्षेत्रका केही कलाकारहरुले त ज्यान समेत गुमाइसेकेका छन् ।

आज तमिल फिल्मका चर्चित कमेडियन पांडुको कोरोनाको कारण निधन भएको छ । पांडुको निधनसँगै साउथ फिल्म उद्योगलाई पनि झट्का लागेको छ । पांडुसँगै उनकी पत्नी कुमुधा पनि संक्रमित भएकी थिइन् । दुवैजनाको चेन्नईको एक अस्पतालमा उपचार भइरहँदा पांडुको निधन भएको हो । उनकी पत्नी कुमुधा हालसम्म पनि आइसीयूमा उपचाररत भएको वेबदुनियाले जनाएको छ ।

पांडुले अजित कुमारको स्टारर फिल्ममा ‘कढल कोटाई’को कैमियो रोलमा अभिनय गरेका थिए । उनको अभिनयको निकै चर्चा भएको थियो । अभिनेताले धेरै फिल्ममा कमेडियनको रोल निभाएका छन् ।



प्रतिक्रिया दिनुहोस्