Logo

वरिष्ठ हास्यकलाकार मदनकृष्ण अस्पताल भर्ना



काठमाडौं, २३ बैशाख । केही दिन अघि कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन लेवलमा कमी आएपछि श्रेष्ठ बुधबार पुःन ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएपछि मेडिसीटी अस्पतालमा भर्ना गरेको पारिवारीक स्रोतले जनाएको छ । उनले अस्पतालबाट डिस्चार्ज भएलगत्तै भिडियो मार्फत सबैलाई सजग हुन सुझाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्