Logo

जसपामा ठाकुर-महतो पक्ष अल्पमतमा, महेन्द्रपछि शरदसिंह र राजकिशोरले छोडे साथ !



काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा जसपामा विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुरले ओलीलाई विश्वासको मत दिनेगरि हस्ताक्षर अभियान चलाएका थिए ।

तर, दलको नेतामा उनी पक्षधर नेता राजेन्द्र महतोले दाबी नछोडेपछि अहिले हस्ताक्षर अभियान पनि राकिएको छ । ३२ सांसद रहेको जसपामा ठाकुर भन्दा अर्का अध्यक्ष उपेन्द्र यादव बलियो रहेको बुझिएको छ ।

अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीलाई विस्थापित गर्नुपर्ने अडानमा छन् । पछिल्लो समय वैकल्पिक सरकार बनानुपर्नेबारे यादव र भट्टराईले लबिङसमेत गरिरहेका छन्। यो बीचमा यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सरकारको नेतृत्व लिनेगरि पहल गर्न सुझाएका छन् । र, उनले आफ्नो पक्षमा २० जना सांसद पुगिसकेको पनि दाबी गरेका थिए ।

माधव नेपाललाई उपेन्द्रको सुझाव : ‘१५ जनाभन्दा बढिले राजीनामा नदिनुहोस, अरु म मिलाउँछु’

तर, देउवाले भने एमालेभित्र पनि माधव नेपाल–झलनाथ खनाल समूहको साथ खोजेपछि अविश्वासको प्रस्ताव अघि बढ्न ढिलाई भैरहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताईसकेका छन् । ओली एक कदम अघि बढेपछि विपक्षी दलका नेताहरुको सक्रियता बढेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न, हाम्रो पार्टीले पनि मत दिने अवस्था छैन् : यादव (भिडिओसहित)

अस्ति र हिजोमात्रै देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल भएको स्रोतको दाबी छ । कतिसम्म भने राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनले बाग्मती प्रदेशमा मावध नेपालनिकट डा. खिमलाल देवकोटालाई सघाउनेसमेत निर्णय भएको छ ।

प्रधानमन्त्री ओलीले भने जसपाको ठाकुर–महतो पक्षको साथ लिएर विश्वासको मत लिने योजना बनाएका छन् । एमालेको सांसदहरुको संख्या अहिले माधव नेपाल पक्षको समेत जोड्दा १२१ छ । विश्वासको मत लिनको लागि ओलीलाई थप १५ सांसदको आवश्यक पर्छ ।

संसदीय दलको नेता को बन्ने भनेर ठाकुर र महतोबीच विवाद चर्कियो, हस्ताक्षर अभियान स्थगन्

तर, ठाकुर पक्षले १५ सांसद पुर्याउन नसकेको गाईँगुँई चल्न थालेको छ। कतिसम्म भने पूर्व राजपाका नेताहरु महेन्द्र राय यादव, राजकिशोर यादव र शरदसिंह भण्डारीले समेत ठाकुरको साथ छोडेको बुझिएको छ । पछिल्लो समय अनिल झासमेत ठाकुर–महतोसँग रुष्ट छन् ।

जसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुँदै, चार सांसदले छोडे उपेन्द्रको साथ !

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !



प्रतिक्रिया दिनुहोस्