Logo

नेपालका पहिलो गीतारवादक थिए प्रेमध्वज



काठमाडौं, २३ वैशाख । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान बहुमुखी प्रतिभाका धनी थिए । उनी गायन र संगीत दुवैमा पोख्त थिए । वाद्य वाधनमा उनको विशिष्ट क्षमता थियो ।

नेपालको आधुनिक संगितमा प्रधानको परिचय पहिलो गीतारवादकका रुपमा पनि छ । उनी गीतार बजाएर गीत गाउने पहिलो नेपाली हुन् ।

प्रेमध्वजका घुम्तीमा नआउ है… पर लैजाउ फूलहरु छोपिदेऊ ताराहरु…गीत निकै लोकप्रीय छ । उनी घुम्तीमा नआउ है भनेर कहिले भौतिक रुपमा नफर्कने गरी गएका छन् । तर, उनको गायन अजर अम्बर बनेको छ ।



प्रतिक्रिया दिनुहोस्