Logo

नायक पल शाहद्वारा निःशुल्क अक्सिजन वितरण



काठमाडौं, २३ बैशाख । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा अक्सिजनको खपत बढेको छ । यसरी दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिदै जाँदा अक्सिजनको अभाव हुने सम्भावना बढी देखिएको छ ।

नेपाली चलचित्रका नायक पल शाहले पनि कोरोनाको बिरामीलाई अक्सिजनका सिलिन्डर सहयोग गर्ने भएका छन् । पलले हाम्रो टिम नेपालसगको सहकार्यमा अक्सिजनका सिलिन्डर संकलन अभियान सुरु गरेका छन् ।

हिजो उनी लगायतको टिमले केही थान अक्सिजन सहितको सिलिन्डर खरिद तथा संकलन गरेर अस्पताललाई निःशुल्क वितरण गरेको स्रोतले बताएको छ । सामाजिक सञ्जालमा सहयोग गरेको एक तस्वीर सार्वजनिक गर्दै निरन्तर सामाजिक सेवामा खटेको जानकारी दिएका छन् । उनले व्यक्तिगत तर्फबाट हाम्रो टिम नेपाललाई आर्थिक सहयोग पनि गरेका छन् । उनले गत वर्षको लकडाउनमा पनि समस्या ग्रस्त मानिसहरुलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्