Logo

‘नेपालमा कोभिड महामारी भयावह बनेको’ सीएनएनको मुख्य खबर



काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसको महामारी भयावह बन्दै गएको खबर सीएनएनले प्राथमिकताका साथ प्रशारण गरेको छ । सीएनएनको टेलिभिजन र अनलाइन संस्करणमा मुख्य खबर नै बनाएर सीएनएनले नेपालमा बढ्दो महामारीबारे प्रसारण तथा प्रकाशन गरेको छ ।

कोभिड १९ को संक्रमित ह्वात्तै बढेको, अस्पतालहरु भरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अरु देशहरुसँग सहायता मागेको सीएनएनले उल्लेख गरेको छ । नेपाल र भारतमा महामारी उस्तै देखिएको खबर छ । भारतमा दुई हप्ता अघिको संक्रमित दर र नेपालमा त्यसपछिको संक्रमित दर उस्तै रहेको उल्लेख छ ।

सीएनएनले भारतसँगको खुल्ला सीमाका कारण पनि कोरोना भाइरसको संक्रमण फैलिएको विषय उल्लेख गरेको छ । राजधानी काठमाडौं , सगरमाथाको आधार शिविरमा पनि कोरोना भाइरस फैलिएको विषय प्रसारण गरेको छ । सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले जनतामा आक्रोश बढेको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्