Logo

लागूऔषध सहित २ जना पक्राउ



बाँके, २३ बैशाख । अवैध लागूऔषध सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय दिपक वली र सोही ठाउँ बस्ने ३४ वर्षीय पदम साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्