Logo

पिसिआर परीक्षणको लागि स्वाब दिँदै प्रचण्ड



काठमाडौं, २३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पिसिआर परीक्षणको लागि स्वाब दिएका छन् । संघीय संसद भवन परिसर पुगेर दाहालले स्वाब दिएका हुन् ।

यही बैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । बैठकमा सहभागी हुनुअघि सबै सांसदहरुको पिसिआर परीक्षण गरिएको छ । अलिहेसम्म स्वाब दिएकामध्ये चार जनामा कोरोना पोजेटिभ दिएको छ । तस्विर : प्रचण्डको सचिवालय



प्रतिक्रिया दिनुहोस्