Logo

बिहीबार १२ अंकले नेप्से घट्दा कारोबार रकम कति ?



काठमाडौं, २३ बैशाख । शेयरबजार आज १२ अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज तीन उपसमुहको बाहेक १० समुहको सुचक घटेका छन् ।
आज ०.४७ प्रतिशत अर्थात १३ दशमलव ४७ अंकले नेप्से घटेर २६ सय ३७ दशमलव १३ विन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७७ अंकले घटेर ४७३ दशमलव ०४ विन्दुमा झरेको छ । नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको ८० हजार १४१ पटक कारोबार भएर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१५ कित्ता शेयर खरिद विक्रि भएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्