Logo

आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, २३ बैशाख । आज नेप्सेमा ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१५ कित्ता शेयर खरिद विक्रि भएको छ ।

सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रीसिटीको कारोबार शिर्ष स्थानमा छ । ४६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ५२५ रुपैयाँ शेयरमुल्य कायम भएको छ ।

त्यस्तै, एनसीसी बैंकको ३ सय ४७ रुपैयाँ प्रतिशेयर मुल्य कायम भई ४२ करोड ९४ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । आज लक्ष्मी बैंकको २६ करोड, अपि पावरको १५ करोड कर निफ्राको १५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्