Logo

नेप्से दोहोरो अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २३ बैशाख । आज दोहोरो अकले शेयरबजार ओरालो लाग्दा ६ अर्ब भन्दा धेरैको कारोबार भएको छ । ६ कम्पनीको ९ प्रतिशत भन्दा बढी र २ कम्पनीको १० प्रतिशतका दरले सर्किट लागेका छन् ।

आज खानीखोला हाइड्रोपावर कम्पनीको सर्किट १० प्रतिशतले लागेको छ । हाइड्रोपावरको १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो । त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको पनि १० प्रतिशतले शेयरमुल्य बृद्वि भएको छ । संस्थाको ३ सय ६१ रुपैयाँले शेयरमुल्य बढेर ३९ सय ७२ रुपैयाँ कायम भएको छ ।

९.९९ प्रतिशतले महिला लघुवित्तको शेयरमुल्य बढेको छ । लघुवित्तको प्रतिशेयर ४४७ रुपैयाँ शेयरमुल्य बढेर ५ हजार ३० रुपैयाँ कायम भएको छ । आज समता समता, रुरु लगायतको ९ प्रतिशत भन्दा माथि शेयरमुल्य बढेको छ ।



प्रतिक्रिया दिनुहोस्