Logo

मन्त्री महतोलाई पनि कोरोना संक्रमण



काठमाडौं, २३ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री महतोले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको जानकारी गराएकी हुन् । उनले आफू चिकित्सकको निगरानीमा रहेको बताएकी छिन् । उनले आफू छिट्टै नै पूर्ण स्वस्थ भएर नियमित कायममा फर्किने विश्वास दिलाएकी छिन् ।

उनले लेखेकी छिन्–‘मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ -सजग बनौं !”

यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापा र पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भैसकेको छ । मन्त्री रायमाझी चाहीँ नेपाली सेनाको छाउनीस्थित् अस्पतालमा भर्ना भएका छन् ।File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्