Logo

मुत्युको समाचार आएपछि गायकले भने,‘घरमा आराम गरीरहेको छु ।’



एजेन्सी, २३ बैशाख । बलिउडमा कलाकारहरु फेक समाचारको सिकार हुने गरेका छन् । पछिल्लो समय गायक तथा कलाकार लकी अली पनि झुठो समाचारको सिकार भएका हुन् ।

केही दिन अगाडी कोरोना भाइरसको कारण गायक लकीको निधन भएको समाचार आएपछि सबैले सामाजिक सञ्जालमा श्रद्वान्जली दिन थाले । आफु जिवित हुँदा नै श्रद्वान्जली दिएपछि आज उनले आफु जिवित भएको भन्दै घरमा बसिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘म घरमा आराम गरिरहेको छु ।’ यो भन्दा पहिला पुर्व अभिनेत्री तथा अलीको साथी नफीसा अलीको पनि मुत्यु भएको भन्ने झुटो समाचारले स्थान पाएको थियो । अलिफा आजसम्म स्वस्थ र जिवित छिन् ।



प्रतिक्रिया दिनुहोस्