Logo

सोनु निदले मृत्युको मुखबाट २२ जनाको ज्यान यसरी बचाए



एजेन्सी, २३ बैशाख । बलिउड कलाकार सोनु निदले कोरोना महामारीमा सम्भव भएसम्म सहयोग गरेका छन् । जुनसुकै समयमा देशको कुनै पनि स्थानबाट खबर आए उनको टिम पनि व्यस्थापनमा जुट्छन् । टिमका सदस्यहरु अस्पतालको व्यवस्था, अक्सिजन र प्लाज्माको व्यवस्थामा जुट्छन् ।

सोनुको टिमले बेंगलुरुको एक अस्पतालमा अक्सिजनको कमीले गम्भीर भएका २२ जना संक्रमितको ज्यान बचाएका छन् । मध्यरातमा मृत्युको मुखमा पुगेका संक्रमितलाई अक्सिजनसहितको सिलिन्डर सहयोग गरे २२ जनाको ज्यान बचाएको सोनु आफैले बताएका हुन् । उनले जानकारी पाएको केही घन्टामा अक्सिजन सहितको सिलिन्डर पुर्याएको बताएका छन् । सोनुले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै निरन्तर दिन दुःखीको सहयोगमा लाग्ने बताए ।



प्रतिक्रिया दिनुहोस्