Logo

ब्राउनसुगर सहित पक्राउ



बाँके, २३ बैशाख । अवैध लागूऔषध सहित २ जना किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका(१५ हड्डी चोकबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित भारत बहराईज थाना रुपैडिया बस्ने १८ वर्षीय २ जना किशोर पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्