Logo

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी



काठमाडौं, २३ बैशाख । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । आजको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ । आज विहानमात्रै बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटीको बैठक बसेको थियो ।

जसपा ‘फुटाउन सजिलो पार्ने गरी’ अध्यादेश ल्याउँदै ओली

ओलीका कारण जुटेको जसपा ओलीकै कारण फुट्ला ?

जसपामा ठाकुर-महतो पक्ष अल्पमतमा, महेन्द्रपछि शरदसिंह र राजकिशोरले छोडे साथ !

बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन र प्रधानमन्त्री ओलीले लिने विश्वासको मतबारे छलफल भएको थियो । लगत्तै, प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । कतिपयले आजको मन्त्रिपरिषद बैठकले दल विभाजनसम्बन्धी अध्यादेश आउनेपनि विश्लेषण गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्