Logo

एमालेका प्रत्यक्ष निर्वाचित सांसद को कता (सुचीसहित)



काठमाडौं, २३ वैशाख । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित सांसदहरुको अंकगणितले निकै महत्व राखेको छ । अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले समानुपातिकतर्फका सांसदलाई कारबाही गरेर बन्दसूचीमा पछाडि रहेकालाई राख्न सक्ने अवस्था रहेपनि प्रत्यक्ष निर्वाचितलाई कारबाही गर्न कठिन छ । कारबाही नै गरेमा उक्त सदस्य सिट खाली हुन्छ । त्यसले एमालेको सिट संख्या घट्छ ।

ओली विश्वासको मत लिन बढ्दा प्रत्यक्ष निर्वाचित एमाले सांसदहरुको संख्या को कता भन्ने चासो बढेको छ । अर्कोतर्फ, माधव नेपाल समूहका २१ सांसदले सामूहिक राजीनामाका लागि पत्र तयार गरेका छन् ।

अहिलेसम्मको अंकगणितमा एमालेभित्र कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५८ जना देखिएका छन् । नेपाल समूहमा २१ जना देखिएका छन् । उक्त समूहले २४ जना रहेको दाबी गरेको छ ।

२१ सांसदले सामूहिक राजीनामा दिएमा ओलीविरुद्ध समिकरण बहुमत पुग्ने सम्भावना बलियो रहन्छ । यसलाई रोक्न पनि ओली लागेका छन् । विश्वासको मत लिन असफल भएमा ओलीले कुसैलाई बहुमतको प्रधानमन्त्री बन्नबाट रोकेर आफू सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् । त्यसपछि उनी विश्वासको मत लिन फेरि बढ्न सक्छन् । विश्वासको मत लिन असफल भएमा देशलाई चुनावमा लान बढ्नेछन् । ओली आफ्नै नेतृत्वको सरकारबाट चुनाव गर्न खोजिरहेका छन् ।

ओली पक्षीय प्रत्यक्ष निर्वाचित सांसद
केपी शर्मा ओली
सुवासचन्द्र नेम्वाङ
इश्वर पोखरेल
कृष्ण गोपाल श्रेष्ठ
कृष्णबहादुर राई
कृष्णभक्त पोख्रेल
केदार सिग्देल
खगराज अधिकारी
खेमप्रसाद लोहनी
गणेशसिंह ठगुन्ना
गोकुल प्रसाद वाँस्कोटा
गोपाल बहादुर बम
घनश्याम खतिवडा
छविलाल विश्वकर्मा
जगतबहादुर सुनार
तिलबहादुर महत क्षेत्री
दलबहादुर राना
दामोदर भण्डारी
धनबहादुर बुढा
ध्रुवकुमार शाही
नन्दलाल रोका क्षेत्री
नरबहादुर धामी
नवराज रावत
नवराज सिलवाल
नारद मुनि राना
नारायणप्रसाद मरासिनी
पदम गिरी
पद्या कुमारी अर्याल
पार्वत गुरुङ
पोल्देन छोपाङ गुरुङ
प्रदीप कुमार ज्ञवाली
प्रेम प्रसाद तुलाचन
प्रेम बहादुर आले
बृजेश कुमार गुप्त
भानु भक्त ढकाल
भुपेन्द्र बहादुर थापा
भुमि प्रसाद त्रिपाठी
भैरव बहादुर सिंह
महेश बस्नेत
यज्ञ बहादुर बोगटी
रघुबीर महासेठ
रवीन्द्रराज शर्मा
राजबहादुर बुढाक्षेत्री
राजेन्द्रकुमार राई
राजेन्द्र प्रसाद गौतम
रामबिर मानन्धर
लालप्रसाद साँवा लिम्बू
लालबहादुर थापा
लालबाबु पण्डित
लिलानाथ श्रेष्ठ
वसन्तकुमार नेम्वाङ्ग
विशाल भट्टराई
विष्णुप्रसाद पौडेल
शेरबहादुर तामाङ
सुर्यप्रसाद पाठक
हिराचन्द्र केसी
हृदयेश त्रिपाठी

नेपाल-खनाल पक्षीय प्रत्यक्ष निर्वाचित सांसद

माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
योगेशकुमार भट्टराई
यज्ञराज सुनुवार
विरोध खतिवडा
कृष्णलाल महर्जन
सोमप्रसाद पाण्डे
गोकर्णराज बिष्ट
घनश्याम भुसाल
दिपकप्रसाद भट्ट
झपटबहादुर रावल
कृष्णप्रसाद दाहाल
गणेशकुमार पहाडी
जयकुमार राई
जीवनराम श्रेष्ठ
मेटमणि चौधरी
नारायणप्रसाद खतिवडा
पवित्रा निरौला खरेल
भवानीप्रसाद खापुङ



प्रतिक्रिया दिनुहोस्