Logo

गण्डकी प्रदेशसभा बैठक बैशाख २७ गते बस्ने, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने



काठमाडौं, २३ बैशाख । गण्डकी प्रदेशसभा बैठक बैशाख २७ गते बस्ने भएको छ। आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशको बैठक बैशाख २७ गते विहान ११ बजे बस्ने मिति तय गरेको हो । सोही दिन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भएको छ ।

यसअघि बैशाख १५ गतेनै मतदान गर्ने तयारी थियो । तर, मतदानको समयमा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि र जनमोर्चाकी सचेतक पियारी थापाले सांसदको अवस्था सार्वजनिक नभएसम्म बैठक स्थगित् गर्न र सदनको कार्य स्थगन् गर्न निवेदन हालेकी थिईन् । सोही निवेदनका आधारमा सभामुखले बैठक अनिश्चित रुपमा स्थगित् गरेका थिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्