Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि कांग्रेस संसदीय दलको बैठकमा जुटेको हो । कांग्रेसले यही शनिबारको लागि संसदीय दलको बैठक बोलाएको हो । य

सअघि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेर प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल बनाउने निर्णय गरिसकेको छ । हिजोमात्रै एमाले नेताहरुलाई कांग्रेसले विश्वासको मत नदिने बताईसकेको छ ।

कांग्रेस नेताहरुलाई भेट्न प्रधानमन्त्री ओली हिजोमात्रै एमालेका प्रभावशाली नेताहरु लिएर देउवा निवास बुढानिलकण्ठ गएका थिए । तर, कांग्रेस सपापति शेरबहादुर देउवाले कुनैपनि हालतमा विश्वासको मत दिन नसकिने जवाफ दिएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्