Logo

पछिल्लो २४ घण्टामा कैलालीमा उपचाररत चार सङ्क्रमितको मृत्यु



धनगढी, २३ वैशाख: पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन्् ।

धनगढीका ८१ र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार तथा धनगढीकै ५८ वर्षीया महिलाको बुधबार र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया बिहीबार मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्