Logo

महेश बस्नेतको दाबी : प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति हुन्छ (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच सहमति हुने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले अब माधव नेपाल र प्रचण्डबीच पनि सहकार्य हुने सम्भावना नरहेको टिप्पणी गरे । आगामी निर्वाचनमा प्रचण्डको विजोग हुने भन्दै अस्तित्व नै संकटमा रहने उनको भनाई छ । उनले माधव नेपाल पक्षधर नेताहरु पनि एकताकै पक्षमा रहेको जिकिर गरे । नेता बस्नेतले फागुन २८ गतेको निर्णय अब खारेज नहुने जिकिर गरे । तर, माधव नेपाल पक्षधरका केही मागमा सम्बोधन हुने पनि उनले विश्वास दिलाए ।

तर, माधव नेपाल पक्षधर सहमतिमा नआए र राजीनामा दिए कम्युनिष्ट आन्दोलनमा माधव नेपाल खोज्नुपर्ने नेताको रुपमा दरिने पनि बस्नेतको दाबी छ । उनले माधव नेपाललाई चूनौतिपूर्ण रुपमा रहेको र प्रचण्ड भने भविष्य सकिएको नेता भएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्