Logo

केपी ओलीको धाक र धम्कीबाट डराउने वा त्रसित हुनेवाला छैनौं : भीम रावल (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे अझै पनि आफूहरुले निर्णय गरिनसकेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैशाख २७ गतेभन्दा अघि नै एउटा निश्कर्षमा पुग्ने विश्वास दिलाए । उनले आफूहरु देशको लागि जीवन नै बलिदान गर्न हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कस्तो कारबाही गर्ने भन्नेबारे कुनै चिन्ता नभएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले नियमित अधिवेशनमार्फत विश्वासको मत लिनुपर्ने थियो भन्ने धारणा राखे । उनले केपी ओलीका कुनै धाक र धम्कीबाट आफूहरु नडराउने र त्रसित नहुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्