Logo

राष्ट्रियसभा उपनिर्वाचन, एमालेको तर्फबाट गृहमन्त्री बादलले दिए उम्मेद्धवारी



काठमाडौं, २४ बैशाख। नेकपा (एमाले) ले राष्ट्रियसभा उपनिर्वाचनको लागि रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेद्धवार बनाएको छ । थापा उम्मेदवारी दर्ताका हेटौंडा पुगेका छन् । उनी हेकिप्टरमा हेटौंडा पुगेको हाम्रा सहकर्मीले जनाए । उता, कांग्रेस, एमाले माधव नेपाल समूह, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले भने डा. खिमलाल देवकोटालाई उम्मेद्धवार बनाएको छ ।

एमालेको आज विहान बसेको स्थायी कमिटी बैठकपछि मात्रै बादल उम्मेद्धवारी दिन राजी भएका थिए । हिजोको बैठकमा भने बादलले आफू हार्ने चुनावमा भाग नलिने अडानमा थिए । तर, एमालेले मतभार विश्लेषण गरेर नै जित सुनिश्चित् भएको निश्कर्ष निकालेर बादललाई उम्मेद्धवारी दिन आग्रह गरेको हो । सोहीअनुसार उनी सिम्रिक एयरको हेलिकप्टर लिएर हेटौंडा गएका हुन् । उनीसँगै नेता अग्नि खरेल र बाबुराम दाहाल पनि गएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्