Logo

६५ वर्ष माथिकालाई सन्जिबनी बुटि बन्दै फाइजर र मार्डना खोप



एजेन्सी । अमेरिकामा फाइजर र मार्डना कोरोना खोप ६५ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुलाई निकै प्रभावकारी देखिएको छ । उक्त खोपले ९४ प्रतिशत बृद्वबृद्वाहरु अस्पतालमा भर्ना हुनबाट रोकेको सीडीसीले जनाएको छ ।

सीडीसीको रिपोर्ट अनुसार ६५ वर्ष वा सो भन्दा माथिका ९४ प्रतिशत र अन्यलाई ६४ प्रतिशत खोपको राम्रो प्रभाव परेको छ । गत वर्ष पहिलो पटक अमेरिकामा कोरोना संक्रमण फैलिएको समयमा अस्पताल भर्ना भएका ६५ वर्षका पुगेका ४१७ जना बिरामीबीच गरिएको अध्ययनबाट यो रिपोर्ट आएको सीडिसीले जनाएको छ । दोस्रोपटकको संक्रमणमा उनीहरुलाई खोपले काम गरेको दाबी गरेको छ । सिडिसीले अमेरिकामा केन्द्रिय रोग नियन्त्रक तथा रोकथामसम्बन्धि काम गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्