Logo

खोप प्रकरणबारे गगन आरोप : ..त्यो सबै प्रमज्यूलाई थाहा थियो तर, रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो



काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेत तथा सांसद गगन कुमार थापाले खोप प्रकरणमा सार्वजनिक तथ्यले यसमा अनियमितता मात्रै नभएर अपराध भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि उनले गम्भीर टिप्पणी गरेका छन् । यो प्रकरणमा प्रधानमन्त्री ओलीले जो आरोपित हो उनैलाई छानबिन गर भन्नुको केही अर्थ नभएको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-” खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै@PM_Nepalज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।”



प्रतिक्रिया दिनुहोस्