Logo

राष्ट्रियसभाको उपनिर्वाचन : विपक्षी गठबन्धनका डा. देवकोटाको उम्मेद्धवारी दर्ता



काठमाडौं, २४ बैशाख । राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल पक्षको तर्फबाट साझा उम्मेद्धवारको रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । उनलाई जसपाको उपेन्द्र यादव पक्षको पनि समर्थन छ । देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए । एमालेको तर्फबाट भने गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेद्धवारी दर्ता गराउने तयारी गरेका छन् । उनी त्यसको लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टरमा हेटौंडा गएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्