Logo

‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने’ : डम्बर खतिवडा



काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपामा अध्यक्षद्धय महन्थ ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई मत दिने तयारी गरेको बेला अर्का अध्यक्ष उपेन्द्र यादवले भने कुनैपनि हालतमा मत दिन नहुने लबिङ गरेका थिए ।

अहिले जसपाभित्र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नहुने भन्ने पक्षमा बहुमत पुगेको छ । कतिसम्म भने अध्यक्ष ठाकुरको पक्षमा उभिएका राजेन्द्र महतो पनि अहिले ब्याक भएका छन् । उनीसँग नेताहरु शरदसिंह भण्डारी र राजकिशोर यादवले पनि साथ छोडेका छन् । यसअघि महेन्द्र राय यादवले पनि ठाकुरको साथ छोडिसकेका छन् । ३२ सांसद रहेको जसपामा अहिले अध्यक्ष यादवको पक्षमा २२ भन्दा बढि सांसद उभिएको बुझिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा रहेका अध्यक्ष ठाकुर पनि अहिले आएर अल्पमतमा परेपछि निराश बनेका छन् । जसपाका नेता डम्बर खतिवडाले अब जसपाले एकमतले ओलीको विश्वासको मत लिने बेला विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमा नेता खतिवडाले लेखेका छन्–‘जसपाले एकमतले ओली प्रस्तावकाे विपक्षमा मत हाल्ने,पार्टी-एकता जाेगिने,यस बीचका सबै अफवाह गलत सावित हुने,जसपा फाेड्ने सत्तारुढ कमरेडहरुकाे षडयन्त्र फेरि एकपटक असफल-हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित।अनेक उतरचडाबका बाबजुद अन्तत: ठीक निर्णयमा पुग्ने संस्कृति सकारात्मक नै हाे कि?’ file photo



प्रतिक्रिया दिनुहोस्