Logo

१० जुवाडे पक्राउ



नवलपरासी(पूर्व), २४ बैशाख । तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । कावासोती नगरपालिका–२ नरवजार चोक बस्ने रुद्र कंडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अजय जैसवाल समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कंडेलको घरमा तास खलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्