Logo

पिसिआर परीक्षणको लागि स्वाब दिँदै प्रधानमन्त्री ओली



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर परीक्षणको लागि स्वाब दिएका छन् । यही बैशाख २७ गते बस्ने संसदको विशेष बैठकमा सहभागी हुनको लागि प्रधानमन्त्री ओलीले पिसिआर परीक्षण गराएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेशबुकमा लेखेका छन्–‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।’



प्रतिक्रिया दिनुहोस्