Logo

आफ्नो र पार्टीको साख जोगाउने हो भने केपी ओलीले सरक्क राजीनामा दिए हुन्छ : डा. खड्का (भिडिओसहित)



काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले कोभिडविरुद्धको खोप खरिदमा कमिसनको खेल हुनु गलत भएको भन्दै गम्भीर ध्यानाकार्षण गराएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका विरोधीलाई सिध्याउने खेलमा लागेको पनि टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको मोडेल भनेको कम्बोडियाका हुन्सेन भएको पनि बताए । सर्वसत्तावाद हाँसिल गरेपछि मात्रै काम गर्न सकिन्छ भन्ने ओलीमा विश्वास रहेको खड्काको टिप्पणी छ । उनले वर्तमान सरकार एक मिनेटमा पनि बस्न नहुने बताएका छन् । उनले भने,‘यो सरकार त एक मिनेट पनि बस्नुहुन्न । यत्रो महामारी छ, कमिसनको चक्र छ, उत्ताउलो भाषणबाहेक केही पनि भएको छैन् । यो सरकारले केही पनि काम गर्न सकेन् । संकटको बेलामा नै हो सरकार फालिने, जनताले यही बेलामा विद्रोह गर्ने हो । गैरजिम्मेवारी पार्टी र सरकारहरु जान्छन्, यो ओलीजीको जाने बेला हो ।’ उनले आफ्नो साख र पार्टीको पनि साख जोगाउने हो भने सरक्क राजीनामा दिँदा हुन्छ भन्ने ओलीलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्