Logo

‘राधे’को आम्दानी कोरोना संक्रमितलाई



एजेन्सी, २४ बैशाख । बलिउड स्टार सलमान खान उदारताको लागि पनि त्यत्तिकै चर्चित छन् । उनले मानिसहरुलाइै दिल खोलेर सहयाग गर्छन् । कोरोना महामारीमा पनि उनले हरसम्भव भएसम्मका सहयोग गरीरहेका छन् ।

सलमान प्रमुख रहेका ग्लोबल कन्टेन्ट इन्टरटेइमेन्ट इन्टरप्राइजेज लिमिटेडले कारोना संक्रमितलाई सिलिन्डर, कसेंट्रेटर्स र भेन्टिलेटर जस्ता एसोसरिजको लागि आवश्यक चिसित्सा उपकरण दिने भएको छ ।

वेबदुनियाको अनुसार सलमानले आफ्नो बहुप्रतिक्षित फिल्म ‘राधे’बाट भएको आम्दानीबाट उक्त रकम उपज गर्ने जनाएका छन् । भारतमा संक्रमितको संख्या बढ्रदै गएपछि बलिउड कलाकारहरुले अक्सिजनको कमी भएको हुँदा सिलिन्डर, कसेंट्रेटर्स र भेन्टिलेटर जस्ता एसोसरिजको लागि आवश्यक चिसित्सा उपकरणहरु सहयोग गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्