Logo

झाँक्री भन्छिन्–‘युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ’



काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले राजीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै यसमा उधारो सम्झौता पनि हुन नसक्ने बताएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने दिन नजिकिँदै गएको बेला ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेर सहमति गर्न खोजेको बेलामा नेतृ झाँक्रीको यस्तो टिप्पणी आएको हो ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन्–‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।’ file photo



प्रतिक्रिया दिनुहोस्