Logo

आगलागीबाट इलेक्ट्रिक तथा खाद्यान्न सामग्री जलेर नष्ट



कैलाली, २४ वैशाख: गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीको घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक थान फ्रिज, एक थान टिभी, एक थान मोबाइल र वर्षभरिका लागि सञ्चय गरेर राखेका खाद्यान्न, लत्ताकपडा तथा अन्य फर्निचर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए ।

विद्युत्को तार सर्ट भई एक्कासि आगलागी भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको र मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्