Logo

यी दुई कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौं, २४ बैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको शेयर लिलामी भर्ने आज अन्तिम दिन हो । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ९७ हजार ५०६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

नेशनल लाइफको ४७ हजार ५०६ कित्ता शेयरमा प्रतिकित्ता मुल्य ४ सय ४३ रुपैयाँ तोकिएको छ भने लगानीकोषको ५० हजार कित्ता शेयरमा प्रतिकित्ता १३ सय ४७ रुपैयाँ तोकिएको छ । कम्पनीले तोकेको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर बैंखाश २४ गतेसम्म न्युनतम १ सय कित्तादेखि सबै कित्तासम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाइएको छ । शेयर विक्रि तथा प्रबन्धकमा एनआईसी क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्