Logo

शिल्पा शेट्टीको परिवारै कोरोना संक्रमित



एजेन्सी, २४ बैशाख । कोरोना भारइसको दोस्रो लहरले नेपाल, भारत लगायत धेरै देशहरु कब्जामा लिएको छ । बलिउड जगत पनि अछ्तो रहन सकेन । यसक्रममा केही कलाकारहरु पनि संक्रमित भएका छन् ।

अभिनेत्री शिल्पा शेट्टीको पुरै परिवार संक्रमित भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै शिल्पाले पुरै परिवार १० दिनदेखि संक्रमित भएको र मुस्किल झेलिरहेको जानकारी दिएकी हुन् ।

अभिनेत्रीले सुरुमा सासु, ससुराबाट सुरु भएको संक्रमण पछि सबैपरिवार र घरेलु कामदार समेत संक्रमित भएको उल्लेख गरेकी छिन् । उनले डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा बसेको जानकारी दिएकी छिन् । शिल्पाको भने पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।



प्रतिक्रिया दिनुहोस्