Logo

किन पुगिन करीना नानावटी अस्पताल ?



एजेन्सी, २४ बैशाख । विश्वलाई कोरोना भाइरसले आक्रान्त बनाएको छ । बलिउड अभिनेत्री करीना कपुर केही महिना अगाडी मात्र दोस्रो सन्तानको आमा बनेसँगै चर्चामा थिइन् ।
उनका बाबु रणधीर कपुर संक्रमित भएपछि मुंबईस्थित कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा उपचार भएको थियो ।

कोरोना महामारीको यस्तो संकटको समयमा करीना मुंबई स्थित नानावटी अस्पतालमा पुगेकी छिन् । करीना नानावटी अस्पताल पगुेको तस्वीर बाहिरीएसँगै फ्यानहरुको सर्वाधिक चासो र चिन्ता बढेको छ । फोटोग्राफर विरल भयानीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा करीनाको सबै गाडीहरु देखिएका छन् । उनी किन गईन् अस्पताल भन्ने अझैपनि कारण बाहिर आएको छैन् । रणधीर संक्रमित भएपछि पिसीआर परिक्षण गराउँदा करीनाको रिपोर्ट नेगेटिभ आएको थियो ।



प्रतिक्रिया दिनुहोस्