Logo

ओली-नेपालबीच सहमतिको प्रयास, सोम पाण्डे बालुवाटारमा, मोति दुगड कोटेश्वर



काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे पार्टीलाइृ एकताबद्ध बनाउनको लागि सक्रिय भएका छन् । पछिल्लो समय पार्टी एकता कायम गर्नुपर्ने भन्दै एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई छुट्टाछुट्टै भेट गरेका छन् । यो बीचमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो ।

तर, अहिलेसम्म ठोस सहमति भएको छैन् । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । त्यो भन्दा अघि नै एमालेलाई एक ढिक्का बनाउनुपर्ने दोस्रो तहका नेताहरुको भनाई छ । उनीहरु सक्रिय भैरहेका छन् । अध्यक्ष ओली र नेता नेपाललाई मिलाउनेगरि आजमात्रै नेपालनिकट पाण्डेले ओलीलाई बालुवाटार पुगेर भेटेका हुन् ।

उता, प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले पनि नेता नेपाललाई भेटेका छन् । यसअघि पनि नेता नेपाल र अध्यक्ष ओलीबीच दुगडकै पहलमा भेटवार्ता भएको थियो । होटल म्यारियटमा बैशाख ९ र १० गते भेटवार्ता भएको थियो । तर, उनीहरुबीच सहमति भने हुन सकेको थिएन् । बैशाख २७ गते नजिकिँदै गएपछि एमालेभित्र नेताहरुको दौडधुप बढेको छ । File Photo/ReportersNeal



प्रतिक्रिया दिनुहोस्