Logo

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण जनशक्ति कोभिड नियन्त्रण र शान्तिसुरक्षाका लागि परिचालन गर्न आग्रह



मकवानपुर, २४ वैशाख: गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन। उनले उक्त कार्यालयले जनहितका लागि पु¥याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिए ।

सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला अस्पताललगायत विभिन्न स्थानीय तहमा आइसोलेशन कक्षको स्थापना गर्नाका साथै जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर उपचारसेवालाई अघि बढाउन प्रजिअलाई निर्देशन दिए ।

उनले जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिलाई भूमिका निर्वाह गर्न आग्रह गर्दै जिल्लाका अस्पताल र स्वास्थ्यकर्मीलाई संघीय सरकारले आफ्नो स्रोतसाधन र चिकित्सकको दरबन्दी उपलब्ध गराउँदै आएको स्मरण गराए ।

सो अवसरमा प्रजिअ भरतमणि पाण्डेले जिल्लामा शान्तिसुरक्षाको अवस्थामा सुधार आएको, विभिन्न स्थानमा प्रहरी परिचालन भइरहेको र कोभिड–१९ नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्