Logo

प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण



गोदावरी, २४ वैशाख: सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काका अनुसार प्रदेशप्रमुख यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधानको मर्म र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइ पुगेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते तत्कालीन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए।-रासस



प्रतिक्रिया दिनुहोस्