Logo

कामिरिताद्वारा किर्तिमानी २५औं पटक सगरमाथाको आरोहण



काठमाडौं, २४ वैशाख । किर्तिमानी आरोही कामिरिता शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहरण गरेका छन् । यसअघि आफैले २४औं पटक सगरमाथा चढेको किर्तिमान तोड्दै उनले नयाँ इतिहास रचेका हुन् ।

५१ वर्षीय कामिरिता सोलुखुम्बुका हुन् । उनका पिता पनि नेपालका शुरुवातका शेर्पा आरोही पथप्रदर्शक मध्यका थिए । उनले २०५१ सालमा पहिलोपटक सगरमाथाको सफल आरोहरण गरेका थिए ।

शुक्रबार साँझ कामिरितासहित १२ शेर्पाले सगरमाथाको सफल आरोहरण गरेका छन् । कामिरितासहितको टोलीमा सोलुखुम्बु र संखुवासभाका ६६ जना शेर्पाहरु छन् ।-तस्बिर स्रोत: कामिरिता शेर्पाको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्