Logo

देउवा-प्रचण्ड भेटमा के के भयो



काठमाडौं, २४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढानिलकण्ठमा भेटेका छन् । आज साँझ दुई नेताबीच अबको रणनीति टुंगो लगाउनेबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

देउवा र प्रचण्डबीचको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि प्रधानमन्त्री पदमै रहने रणनीतिलाई विफल बनाउनेबारे छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार दुई नेताबीच बहुमतको सरकार बनाउने समिकरणबारे समेत कुराकानी भयो ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिनु अघि तिव्र रुपमा राजनीतिक घटना विकास भइरहँदा देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । ओलीले एमालेलाई विभाजित हुन नदिन विभिन्न माध्यमले माधव नेपालसँग सहमति विकास गर्न खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot