Logo

सरकारविरुद्ध खनिए देउवा, औषधीमा पनि भ्रष्टाचार गर्नु जनता विरुद्धको अक्षम्य अपराध हो (विज्ञप्तीसहित)



काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताको लागि नौलो नभएको बताएका छन् । पछिल्लो समय कमिशनको कारण कोभिडविरुद्धको खोप आउन नसकेको कुरा उल्लेख गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले आज एक विज्ञप्ती निकाल्दै भनेका छन्-“अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्