Logo

लुमिनसको डिलर अफ दि मन्थ नारायणघाटको नमस्ते ट्रेडिंग एण्ड सप्लायर्स बन्यो



काठमाडौं, २४ बैशाख । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सलाई अप्रिल महिनाको ‘डिलर अफ त मन्थ’ सम्मान प्रदान गरेको छ ।

आफ्नो बार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । अप्रिल महिनामा उक्त स्थान हासिल गर्न न्यूरोड, नारायणघाटको नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सका संचालक मान बहादुर अधिकारी सफल भएका छन् ।

संचालक अधिकारीका अनुसार लुमिनस ब्राण्डको पावर ब्याकअप र सोलार सोलुसनको गुणस्तर मात्र नभई अमट्रेड प्रालीले आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने बिक्रीपश्चातका उत्कृष्ट सेवासुविधा र गतिविधीहरुले गर्दा नै उनी र उनीजस्तै व्यवसायीहरुलाई व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुगेको छ ।

उनले आफ्नो ग्राहकहरुलाई यस कोरोना महामारीको समयमा पनि अति आवश्यक परेमा उच्च सावधानी र सुरक्षा अपनाइ लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्री उपलब्ध गराउने प्रयास गर्ने बताएका छन् । यसैबिच अधिकारीले आफ्नो सबडिलरहरुलाई पनि धन्यवाद प्रकट गर्दै अमट्रेडले सबडिलरहरुको निमित्त सन २०२१ मा ल्याएको योजना – लुमिनस शक्ति कार्यक्रममा सहभागी भई लाभ उठाउन सुझाव दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्