ओली–नेपाल मिलाउन दोस्रो तहका नेताहरु सक्रिय (भिडियो रिपोर्ट)


वैशाख २४, काठमाण्डौ । वैशाख २७ गतेको प्रधानमन्त्री ओलीले संसद बाट विश्वासको मत लिने मिती नजीकीए संगै नेकपा एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री केपी ओलीलाई पार्टीको रुष्ट खनाल–नेपाल समुहका सांसदहरुको समर्थन अनिवार्य छ । खनाल–नेपाल समुहको समर्थन मिलेमा मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुने भए्काले ओली समुह पार्टी विवाद मिलाउन सक्रीय बनेको देखिन्छ ।

पार्टी विवाद समाधान नभईकन विश्वासको मतमा नसघाउने खनाल–नेपाल समुहको अडान छ । अहिले विवाद समाधानको लागी खनाल–नेपाल समुहले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान लिएको छ । यसका लागी २०७७ फागुन २८ गते र त्यसपछि अध्यक्ष ओलीले आफुपक्षिय केन्दीय सदस्यहरुको एकल बैठक बाट गरेका सम्पुर्ण निर्णय खारेज हुनुपर्ने खनाल–नेपाल समुहका नेताहरु बताँउछन् ।

एमाले विवाद मिलाउन ओली समुहका ईश्वर पोखरेल र विष्णु पौडेल एंवम खनाल–नेपाल समुहका सुरेन्द्र पाण्डे, गोर्कण विष्ट र योगेश भट्टराई निरन्तर सक्रीयतापुर्वक लागीरहेका छन् । यसअघि ओली र नेपालबीच पनि लगातार दुईपटक भेटवार्ता भएको थियो । तर सहमति जुटेन । अहिले दोस्रो तहका नेताहरुको प्रयास पनि दुवै पक्षको अडानका कारण सफल हुनेमा आशंका नै छ । किनकी पार्टीको विधि, विधान र पद्धती भन्दा माथी कोही नहुने भएकाले केन्द्रीय कमिटीको बहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने ओली समुहका नेता बताँउछन् ।

खनाल नेपाल समुहको सहभागीता बेगर बसेका एमाले केन्द्रीय कमिटी बैठकबाट अध्यक्षलाई थप शक्तीशाली बनाउने गरी विधान संशोधन गर्ने देखि खनाल–नेपाल समुहका नेताहरुको जीम्मेवारी खोस्ने, माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरी महत्वपुर्ण जीम्मेवारी दिने, केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने , खनाल–नेपाल समुहका ४ वरिष्ठ नेतालाई पार्टीबाट निलम्बन गर्ने र स्थायी कमिटीलाई पुर्नगठन गर्ने कार्य भईसकेका छन । यस्तोमा पार्टी अध्यक्ष केपी ओली २०७५ जेठ २ कै अवस्थामा एमालेलाई फर्काउने मनस्थीतीमा देखिनुहुन्न । त्यसो नगरिए एकजुट हुन नसक्ने खनाल नेपाल पक्षको आडन छ ।

Skip This

Omoda E5 Pro