Logo

बादलविरुद्ध उम्मेद्धवारी दिएका डा. खिमलाल देवकोटाको दाबी : मेरो जीत सुनिश्चित् छ (भिडिओसहित)



काठमाडौं, २५ बैशाख । राष्टियसभाको उपनिर्वाचनमा बाग्मती प्रदेशका उम्मेद्धवार डा. खिमलाल देवकोटाले आफ्नो जित सुनिश्चित् रहेको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो जीत सुनिश्चित् रहेको विश्वास दिलाए ।

उनले नेपाली जनताले लामो समयसम्म लडेर संविधान ल्याएको भन्दै यसको रक्षा गर्नु सबैको दायित्व भएको बताए । उनले नेपालको संविधान २०७२ धेरै राम्रो रहेको पनि सुनाए । उनले संघीयताले केन्द्रको अधिकार गाउँ तहसम्म पुर्याईएको बताए । तर, व्यवहारमा त्यस्तो नहुनु दुःखद् भएको पनि उनको प्रतिक्रिया छ । उनले आफू साझा उम्मेद्धवार रहेको पनि जिकिर गरे । उनले आफूले कलम चुनाव चिन्ह मागेको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्