Logo

गोकुल बाँस्कोटाको टिप्पणी : एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा !



काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले दलगत उम्मेद्धवारी नदिएकोमा कडा टिप्पणी गरेका छन् । उनले यसलाई बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले भनेका छन्–‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ?एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा!शायद आउने चुनाबको युद्धअभ्यास होला।’

हिजोमात्रै, राष्ट्रियसभाको उपनिर्वाचनको बाग्मती प्रदेशमा तीन जनाको उम्मेद्धवारी परेको छ । एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेद्धवारी दिएका छन् भने एमाले नेता माधव कुमार नेपालनिकट डा. खिमलाल देवकोटाले भने कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादवको साथमा स्वतन्त्र उम्मेद्धवारी दिएका छन् । उनले कलम चुनाव चिन्ह मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्