Logo

सरकारका कारण देश अस्तव्यस्त भयो, जनताले दुःख पाए : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले जनतालाई समस्या परेको बेलामा सरकार बनाउने वा गिराउने काम हुनु नेपाली राजनीतिमा अनैतिक काम भैरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विश्वासको मत लिन खोज्नुपनि गलत समय भएको भण्डारीको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले कोरोना महामारीविरुद्ध सबै एकजुट भएर लड्नुपर्ने आवश्यकत्ता सुनाए । सरकारले जनतालाई हामी छौं भन्ने कुराको विश्वासपनि दिलाउन नसकेको उनको गुनासो छ । उनले सरकारका कारण देश अस्तव्यस्त भएको र जनताले धेरै दुःख पाएको पनि टिप्पणी गरे । नेपालको ईतिहासमा प्रतिपक्षी दलले सरकारलाई कहिल्यैपनि असहयोग नगरेको पनि ईतिहास सुनाए । बरु, सरकारले काम गर्न नसकेको उनको टिप्पणी छ । उनले प्रतिपक्षी दलले पनि आफ्नो भूमिका सही रुपमा निर्वाह गर्न नसकेको गुनासो पोखे । उनले राज्यका संयन्त्रहरु असफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस्