Logo

दोलखा भीमसेनलाई पसिना आयो, अनिष्ट टार्न क्षमापूजाको तयारी



काठमाडौं, २५ वैशाख । दोलखा भीमसेनलाई पसिना आएको छ । आज दिउँसो भीमसेनको मूर्तिलाई पसिना आएको हो ।

पसिना आएको पुजारीले जानकारी दिएपछि सुरक्षाकर्मीले चासो दिएको छ । पसिना आएको जानकारी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई पनि पुगेको छ ।
दोलखा भीमसेनलाई पसिना आएमा अनिष्ट हुने धार्मिक विश्वास छ । अनिष्ट टार्न राष्ट्रप्रमुखका तर्फबाट क्षमा पूजा गर्ने प्रचलन छ । प्रशासनले क्षमा पूजाको तयारी गरेको छ ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहरका बेलामा पनि पसिना आएको थियो । दरबार हत्याकाण्ड र महाभूकम्पलगायत विभिन्न अनिष्टको समयमा दोलखा भीमसेनलाई पसिना आएको थियो ।



प्रतिक्रिया दिनुहोस्