Logo

आज बार्सिलोना र एट्लेटिको भिड्दै



एजेन्सी, २५ वैशाख । स्पेनिस ला लिगा फुटबलमा आज दुई उपाधि दबेदार क्लब बार्सिलोना र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल बार्सिलोनाको घेरलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।बार्सिलोना एट्लेटिकोलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा छ । एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ अंकले पछि पार्नेछ ।

अब मात्र चार खेल बाँकी रहँदा एट्लेटिकोले ३४ खेलबाट ७६ जोड्दै शीर्षस्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७४ अंक छ । दोस्रो स्थानको रियल म्यड्रिको पनि ७४ अंक नै छ । हेड टु हेडको आधारमा बार्सिलोनाभन्दा रियल म्यड्रिड अगाडि भएको हो ।सो खेलमा हुने हार जितले को विजेता बन्ने भन्ने लगभग सुनिश्चित हुने भएकाले यस खेललाई महत्वपूर्ण मानिएको छ।

बार्सिलोनामा कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि योङ, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, रोनाल्ड एराउजो र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् । सर्जी रोबर्टो र इलाक्स मोरिवा पनि टोलीमा रहेका छन् ।

एथ्लेटिकोसँग लुइस सुआरेज, मार्कोस लोरेन्टे, यान्निक कारास्को, कोकी, थोमस लेमार, काइरन ट्रिपिएर, मारियो हर्मोसो, जोस जिमिनेज, स्टेफन साभिक र गोलरक्षक जान ओब्लाक रहेका छन् । यस्तै एन्जल कोरेआ, जियोफ्रे कोनडोग्विया, जोआओ फेलिक्स, फिलिपे र सउल निग्वेज टोलीमा छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्